ललितपुरमा सीआईबीको छापा, एकैपटक ५० जना पक्राउ

Share:

काठमान्डौ/क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवा खेल्ने र खेलाउने ५० जनलाई सीआईबीले ललितपुरबाट पक्राउ गरेको छ।

 

गएराति छापा मारेर सीआईबीले जावलाखेलबाट २ चिनियाँ, १ फिलिपिनो र ४७ जना नेपालीलाई पक्राउ गरेको हो। कलसेन्टरमा क्रिप्टोकरेन्सी कारोबार गरेको र अनलाइन जुवा खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Share: