पहिरोले कान्ति लोकपथ अवरुद्ध

69
0
Share:

काठमान्डौ/अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।

 

मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन बिचबाटोमै अलपत्र परेका छन् ।

 

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर आवागमन सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Share: