Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विरोधबीच सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस – Lekhanpeeth

विरोधबीच सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

180
0
Share:

काठमान्डौ/न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

 

न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

 

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिश गरेको छ ।

Share: