Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने – Lekhanpeeth

पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने

137
0
Share:

काठमान्डौ/पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन्। उनले कार्यपालिका बैठकबाट तीन वर्षको तलबभत्ताबाट प्राप्त हुने १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन्।

 

खरेलले सोे रकम यहाँका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताए। “पाँचखालभन्दा काभ्रेपलाञ्चोकको अन्य तहमा बढी जनधनको क्षति भएको छ, यसकारण मैले व्यक्तिगत रूपमा यस प्रकारको आर्थिक सहयोग गर्ने निर्णयमा पुगेको हुँ”, उनले भने । हालैको बाढीपहिराले काभ्रेपलाञ्चोकमा धेरै जनधनको क्षति भएको छ ।

 

पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी जिल्लामा ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रपलाञ्चोकमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।

Share: