Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आईएफआरसी महासचिव चापागाईंद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण – Lekhanpeeth

आईएफआरसी महासचिव चापागाईंद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण

182
0
Share:

काठमान्डौ/यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)लाई प्रदान गरिएको छ । सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित उक्त पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ ।

 

सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आईएफआरसीका महासचिव जगन चापागाईंले उक्त पुरस्कार ग्रहण गरेको आईएफआरसीले जनाएको छ । आइएफआरसीको सर्वोच्च पद महासचिवमा पुग्ने चापागाईं पहिलो नेपाली हुन् । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उनले अतुलनीय नेतृत्व प्रदान गर्दै आएका छन् ।

 

यही नेतृत्वका कारण महासचिवमा दोस्रो कार्यकालका लागि पनि सेवारत छन् । कोरोना महामारीका समयमा संकटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उनले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको बताइएको छ । आईएफआरसीमा नेपाल रेडक्रससहित विश्वका १९१ देशका रेडक्रस आवद्ध छन् ।

 

आईएफआरसीद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार ग्रहण गर्दै महासचिव चापागाईंले आईएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गर्दै यसले आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताए ।

Share: