तोलामा ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको थियो ।

 

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

Share: