सुन तोलाको एक हजारले बढ्यो

81
0
Share:

काठमान्डौ/आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ६३ हजारमा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: