जिसस कैलाली प्रमुखमा निर्वाचित भुलले लिइन् शपथ

62
0
Share:

काठमान्डौ/जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएकी काँग्रेसकी टीकाकुमारी चौधरी भुलले शपथ लिएकी छिन् । न्यायाधीश डण्डापाणी लामिछानेले जिसस प्रमुख भुललाई आज शपथ ग्रहण गराएका हुन् । आजै निर्वाचित भएको प्रमाणपत्र पाएकी उनले पदभार समेत ग्रहण गरेकी छन् ।

 

नागरिक उन्मुक्ति पार्टीकी रुपमती डँगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि भुल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

Share: