Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिडदैँ – Lekhanpeeth

एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिडदैँ

168
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग -एनपीएल)को दोस्रो र तेस्रो खेल आज हुदैँछ । आजको दोस्रो खेलमा जनकपुर बोल्टस र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान १ः१५ बजेवाट सुरू हुनेछ ।

 

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । पहिलो खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो ।

 

बिराटनगरलाइ ८ बिकेटले पराजित गरेर आएको जनकपुर र कर्णाली याक्स बिच तिब्र प्रतिस्पर्धा हुने जनाइएको छ । जनकपुरवाट अनिल साह र कर्णालीवाट सोमपाल कामीले नेतृत्व गर्नेछन् । आजको मुख्य आकर्षणमा कर्णाली याक्सवाट भारतका चर्चित खेलाडी शिखर धवन रहने छन् ।

 

जनकपुर बोल्टसः

 

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

 

कर्णाली याक्स

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

Share: