लुम्बिनिले चितवनलाई दियो १६८ रनको लक्ष्य

63
0
Share:

काठमान्डौ/लुम्बिनी लायन्सले चितवन राँइनोजलाई १६८ रनको लक्ष्य दिएकाे छ । कप्तान रोहितकुमार पौडेलको अर्धसतक मद्दतमा चितवनले एक सय ६८ रनको लक्ष्य दिएको हाे ।

 

मंगलबार कीर्तिपुर मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लुम्बिनीले १६७ रन बनायो । कप्तान रोहितले ५७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए ।

 

साद विन जफरले ३५ बलमा चार चौका र १ छक्कासहित ५२ रन बनाएका हुन् । चितवनका रिजन ढकालले ५ विकेट झारेका थिए।

 

 

Share: