Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित – Lekhanpeeth

कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

178
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्स विजयी भएको छ। लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै जारी एनपिएलमा आफ्नो पहिलो जित निकाल्यो। लुम्बिनी लगातार चार खेलमा पराजित भएको थियो।

 

लुम्बिनीको जितमा कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे। ब्याटिङमा अर्धसतक प्रहार गरेका उनले बलिङमा पनि ४ विकेट हात पारे।

 

लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले ओभरमा ८ विकेट गुमाएर एक सय ३४ रन बनायो। चितवनका लागि लुक बेनकेनस्टेनले सर्वाधिक ३१ रन बनाए। यस्तै नर बहादुर शार्कीले २२, कुशल मल्लले २०, रिजन ढकालले १५, रवि बोपाराले १२ तथा सन्तोष कार्कीले १० रन बनाए।

 

लुम्बिनीका लागि कप्तान पौडेलले ४ विकेट लिए। यस्तै रेमन सिमन्ड्सले दुई तथा साद बीन जाफर र अभिशेष गौतमले समान एक एक विकेट लिए। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो।

 

सुरुवातमै विकेट गुमाएर लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सम्हालिएर ब्याटिङ गर्दै पारीलाई अगाडि बढाएका थिए। ४९ रनमा चौथो विकेट गुमाएको लुम्बिनीका रोहित र साद बीन जाफरले पाँचौ विकेटका लागि ११४ रनको साझेदारी गरे। कप्तान पौडेलले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। यस्तै जाफरले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए। अर्जुन साउदले १५ रन बनाए। लुम्बिनीले सुरुवाती दुई ओभरमा २ रन बनाउँदा २ विकेट गुमाएको थियो।

 

चितवनका रिजन ढकालले ३ विकेट लिए। यस्तै कप्तान कुशल मल्ल र रंजित कुमारले समान एक एक विकेट लिए।

Share: