मेडिकल व्यवसायी प्रसाईं विरुद्ध अदालतमा मुद्धा दर्ता

92
0
Share:

काठमान्डौ/जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध अदालतमा मुद्धा दर्ता गरेको छ । विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा प्रसाईं विरुद्ध बुधवार जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

 

साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी विरुद्ध अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ को अन्तर्गत सजाय हुन मागदावी गरिएको छ । यही मंसिर ४ गते उनी घरबाटै पक्राउ परेका थिए ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् ।

 

ऐनको परिच्छेद ९ को दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना,पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

Share: