Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
करातेका एरिका र कुशललाई रेडियन्ट रिडर्सको नगदसहित सम्मान – Lekhanpeeth

करातेका एरिका र कुशललाई रेडियन्ट रिडर्सको नगदसहित सम्मान

251
0
Share:

काठमान्डौ/सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ।

 

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई सम्मान गरिएको हो।

 

उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले दोसल्ला ओढाउनुका साथै नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

 

एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिपबाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदक जितेकी छन्।

Share: