Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकामा भीषण हिमपात, सात राज्यमा आपत्कालीन अवस्था घोषणा – Lekhanpeeth

अमेरिकामा भीषण हिमपात, सात राज्यमा आपत्कालीन अवस्था घोषणा

110
0
Share:

काठमान्डौ/अमेरिकामा भीषण हिमपातका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् । केही राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

 

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी, मिसौरीलगायत राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको हो । हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ ।

 

हजारौँ उडान रद्द गर्नुपरेको छ । विद्यालयहरू बन्द गरिएको छ । भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ । कन्सास र मिसौरी हाल सबैभन्दा बढी प्रभावित छन् । त्यहाँका केही क्षेत्रमा आइतबार दिउँसोदेखि १० इन्चसम्म हिमपात भएको छ ।

 

कान्सासका अधिकारी ब्रायन प्लाटले भने, “पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको छैन ।” त्यहाँको मौसम विभागका अनुसार, देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान छ ।

 

वासिंगटन डीसी र फिलाडेल्फियालगायत धेरै ठूला सहरहरूमा पनि भारी हिमपात हुने सम्भावना छ । सोमबारदेखि मौसममा सुधार हुने मौसम विभागको अनुमान छ ।

Share: