Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति – Lekhanpeeth

आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

135
0
Share:

काठमान्डौ/सामाजिक अभियान्ता आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। अभद्र व्यवहार कसुरमा पक्राउ परेकी तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

 

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । उनलाई बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरेको थियो ।

 

तामाङविरंद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । जिल्ला प्रशासनको अनुमतिले बुधबार तामाङलाई पक्राउ गरिएको गौशाखा प्रहरीले जनाएको छ ।

 

पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Share: