Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विपक्षी दलको बैठक आज बस्दै – Lekhanpeeth

विपक्षी दलको बैठक आज बस्दै

Share:

काठमान्डौ/विपक्षी दलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ । दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।

 

यसअघि बुधबार सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

 

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायत दल विपक्षमा छन्।

Share: