Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डा.निकोलस भुसाललाई आज अदालत पेस गरिँदै – Lekhanpeeth

डा.निकोलस भुसाललाई आज अदालत पेस गरिँदै

185
0
Share:

काठमान्डौ/पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर खिचेको आरोपमा पक्राउ परेका डा.निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ।

 

उनलाई प्रहरीले साइबर अपराधको कसुरमा बिहीबार पक्राउ गरेको हो। यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए।

 

पुस ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि बिहीबार फेरि पक्राउ गरिएको हो ।

 

डा.भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका रास्वपा सभापति लामिछाने गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

Share: