सिन्धुलीमा माइक्रो बस दुर्घटना : १ जनाको मृत्यु, १२ जना घाइते

92
0
Share:

काठमान्डौ/सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

काठमाडौँबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस बिहीबार साँझ सुनकोशी गाउँपालिका-६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर-१० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

 

गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी अनिल कुमार खड्काले जानकारी दिए । दुर्घटनामा १२ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका ६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।

 

गाडीको टायर अचानक पन्चर भएपछि अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: