
काठमाडौं । सरकारले बैंकहरुको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा सम्हाल्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म निष्क्रिय कर्जा ४.९ प्रतिशत पुगेको छ । त्यस्तै बैंकहरुले ऋणीको धितो विशेषतः घरजग्गा लिलामी नभई बैंकहरुले नै सकारेको सम्पत्ति बढेको छ । नेपाल राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि ऐन ड्राफ्ट गरिसकेको छ ।