नीति तथा कार्यक्रम ठीकठाकै छ : डा. महत

11
0
Share:

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत भन्दा एक स्टेप अगाडि बढ्नुपर्ने भएपनि त्यो नभएको प्रतिक्रिया दिएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नीति तथा कार्यक्रम ठिकठाकै रहेका बताए ।

उनले भने, ‘परम्परागत भन्दा एक स्टेप अगाडि बढ्नुपर्थ्यो । त्यसमा केही कमी भएको छ । तर, समग्रमा ठीक छ ।’

उनले अब बजेट कस्तो आउँछ र कार्यान्वयन कतिको हुन्छ भन्ने कुरामा भर पर्ने बताए। उनले विगतमा पनि गरिनेछ र हुनेछ भनेपनि नभएको स्मरण गर्दै कार्यान्वयनमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।

Share: