
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म ४० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ ।
नेसनलको खुद प्रिमियम आम्दानी र लगानी तथा कर्जाबाट भएको आम्दानी बढ्दा नाफा बढेको हो । कम्पनीले गत आवको चैत मसान्तसम्म ३८ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो ।
नेसनलको खुद प्रिमियम आम्दानी १४ अर्ब ७ करोड तथा लगानी तथा कर्जाबाट भएको आम्दानी ४ अर्ब ३३ करोड रहेको छ ।
नाफा सामान्य बढ्दा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४९ पैसा कायम भएको छ ।
नेसनलको कुल लगानी ७१ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ रहेको छ भने कुल बिमा सम्झौता दायित्व ८७ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ रहेको छ ।