
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ७६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिसम्म कम्पनीले २८ लाख १३ करोड रूपैयाँ मात्रै खुद नाफा गरेकोमा यस वर्ष कम्पनीले २७.१४ प्रतिशत बढी खुद नाफा कमाएको हो ।
कम्पनीको कुल आम्दानी २२.५२ प्रतिशतले वृद्धि हुँदा कुल खर्च २०.८० प्रतिशतले बढेको छ। कम्पनीको कुल आम्दानी ५ अर्ब २१ करोड रूपैयाँबाट बढेर ६ अर्ब ३९ करोड नाघ्दा कुल खर्च ४ अर्ब ९३ करोडबाट बढेर ५ अर्ब ९६ करोड रूपैयाँ बढी छ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब रूपैयाँ छ भने महाविपत्ति कोषमा २१ करोड १२ लाख रूपैयाँ र जगेडा कोषमा करीब साढे ९८ करोड रूपैयाँ सञ्चिति रहेको छ ।
गत वर्ष १२ अर्ब ५१ करोड रूपैयाँ रहेको जीवन बीमा कोषको आकार करीब ४४ प्रतिशतले वृद्धि भएर १८ अर्ब रूपैयाँ नाघेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ९.५४ रूपैयाँ र प्रतिशेयर नेटवर्थ १४६.९१ रूपैयाँ रहेको छ ।