
काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा कायम भएको छ ।
आज ३०९ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड माथिको सेयर कारोबार भएको छ । आज १ सय कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनआरएनको ५१ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । राधि विद्युतको ४८ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ८.५२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले गुमाएका हुन् ।