अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

13
0
Share:

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले भेट गरेका छन् ।

आज बिहान अर्थ मन्त्रालयमा नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट गरेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नर पौडेललाई हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए ।

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त व्यक्त गरे ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए ।

उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका थिए ।

Share: