सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

98
0
Share:

काठमाडाैं । प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गरे ।

width=1080www.onlinepana.com/wp-content/uploads/2025/05/494819041_992977689708809_1542288319739104383_n-768×511.jpg 768w sizes=auto, (max-width: 1080px) 100vw, 1080px />

सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभवसहितको मन्तव्य व्यक्त गरेका थिए ।

सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेबाट सेवा निवृत्त भएको हुन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Share: