
काठमाडौ /नबिल बैंकले चैत्र १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।त्यस्तै निक्षेपमा ९ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
फिक्स डिपोजिटअन्तर्गत ३ महिना र त्यसभन्दा बढीको बचतमा ११ प्रतिशत, ६ महिनाभन्दा बढीको बचतमा ९ प्रतिशत, नबिल प्रिमियम फिक्स डिपोजिटमा १२ प्रतिशत र क्युमेलिटिभ फिक्स डिपोजिट(१वर्ष) को लागि ११ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले कल डिपोजिटमा ३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। कर्जाअन्तर्गत बैंकले न्युनतम २ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
यस्तो छ नया ब्याजदर तालिका :