
काठमाडौँ/बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न गृह-मन्त्रालयले प्रस्ताव गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवर सँगै दिपक थापा, श्यामलाल ज्ञवाली लगाएतका आईजीपी हुने तीव्र प्रतिस्पर्धामा छन् ।