सन्दीप लामिछाने विरुद्ध मुद्दामा आज अदालतले दुई व्यक्तिका बकपत्र लिन आदेश

Share:

काठमाडौं/ क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ ।आइतबार भएको सुन्वाइमा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिए पछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश गरेको छ ।

 

साथै सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलमको बकपत्र छुटेकाले उनलाई समेत झिकाउनु भन्ने आदेश गरेको अदालत स्रोतले बताएको छ ।आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए ।

 

यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् । न्यायाधीश शंकरराज बराले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् ।

 

यो समाचार पढ्नु भयो ?

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ हुने

Share: