आँखा, आँखाको रोग र कसरी जोगिने ?

479
0
Share:

काठमान्डौ/आँखा मानव जीवनको एक महतत्वपूर्ण अंग हो । जसको कारण हामीले संसार हेरिरहेका हुन्छौं । मानव जीवनको महत्वपूर्ण अंग भएकै कारण हामीले आँखाको हेरचाहमा विशेष ख्याल दिनुपर्ने हुन्छ । आँखामा विभिन्न खालको समस्याहरु देखा पर्दछ । अझ गर्मी मौसममा आँखाको समस्या बढी देख्ने गर्दछ । गर्मी मौसम सुरु भएसँगै वायु प्रदूषणले गर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखा पर्छन् । यो समयमा लामखुट्टे लगायत किरा, फट्याङ्ग्राको बिगबिगी हुनुका साथै विभिन्न संक्रामक जीवाणु पनि बढी सक्रिय हुने हुँदा आँखाको समस्या बढी देखिने गरेको आँखा विषेशज्ञहरु बताउँछन् ।

 

लामखुट्टेले टोक्दा, जीवाणुले आक्रमण गरेको खाना खाँदा गर्मीयाममा ज्वरो आउने, झाडापखाला, रुघाखोकी, डेंगुजस्ता रोग लाग्छ । त्यसकारण यो समयमा खानपिनमा विशेष ध्यान दिनुपर्नेमा चिकित्सकहरू बताउँछन्् । यि रोग बाहेक गर्मी मोसममा आँखासम्बन्धी संक्रमण पनि बढी देखापर्ने आँखा रोग विशेषज्ञहरू बताउँछन् ।

 

फागुन–चैतदेखि वैशाख–जेठसम्म गर्मी अत्यधिक बढ्नुका साथै हावाहुरी पनि बेस्सरी चल्ने गर्छ । लामो समय पानी नपरी हावाहुरी मात्र चलिरह्यो भने धुवाँधुलोले वायुमण्डलमा प्रदूषण बढाई ब्याक्टेरियालाई सक्रिय पार्ने भएकाले यो समयमा आँखासम्बन्धी संक्रमण पनि बढ्ने गरेको आँखा रोग विशेषज्ञ डाक्टरहरु बताउँछन् ।

यि हुन् आँखामा गर्मीमा देखा पर्ने समस्या

खासगरी गर्मीयाममा आँखामा पानीको मात्रा सुक्ने भएकाले सुक्खापन बढेर आँखा चिलाउने, आँसु आउने, आँखा रातो हुने, आँखाको परेला सुन्निने, आँखाको नानीमा दाग देखिने तथा चिपचिपाहट हुनेजस्ता लक्षण देखापर्ने हुन्छ । आँखासम्बन्धी समस्या गर्मीयाममा युवायुवती, वृद्धवृद्धासँगै बालबालिकामा पनि उत्तिकै देखा पर्ने गर्छ । पाँच वर्षमुनिका बालबालिकामा आँखा पाक्ने, आँखा रातो हुने, आँखा चिलाउनेजस्ता समस्या बढी देखापर्ने आँखा विषेशज्ञहरु बताउँछन् ।

 

आँखा पाक्दा आँखा बिझाउने, चिप्रा आउनेजस्ता समस्या भोग्नुपने मात्र होइन, घाम लाग्दा वरिपरि हेर्न पनि निकै गाह्रो हुने हुन्छ । बाहिरी वातावरणमा धेरै खेल्ने हुँदा यो समस्य बालबालिकामा बढी देखिन्छ । घरबाहिर धुलोधुवाँको असरले आँखामा संक्रमण भई आँखा पाक्ने, आँखा रातो हुनेजस्ता समस्याले बालबालिकालाई सताउने गर्दछ ।

केके हुन लक्षण : 

१ बिरामीलाई सुरूमा आँखामा अप्ठ्यारोपनको महसुस हुनु

२ आँखामा रातोपन देखा पर्नु

३ रातोपनसँगै आँखाबाट चिप्रा आउने समस्या बढ्नु

४ आँखाको वरिपरिको ढकनी सुन्निनु

५ उज्यालोमा आँखा हेर्न गाह्रो हुनु

आँखामा देखिने समस्याबाट बच्न के गर्ने

बिहान र बेलुका कम्तीमा दुईपटक सफा पानीले आँखा पखाल्नुपर्छ । सामान्य आँखाको आँसुले धुलोका कण निकाल्न सहयोग गर्छ । घरबाट बाहिर हिँड्दा आँखामा चस्मा प्रयोग गर्नुपर्दछ  । चस्माले आँखामा धुलो पर्नबाट रोक्छ । सडकको धुलो, गाडीबाट निस्कने धुलो–धुवाँको कारण आँखामा इन्फेक्सन हुनुका साथै आँखा चिलाउन सक्छ, यस्तोमा हातले आँखामा छुनु हुँदैन । बरु त्यसको सट्टा सफा पानीले हात धुने र त्यसपछि आँखा सफा गर्नुपर्छ ।

 

आँखामा धुलो पर्याे भने मिच्नुहुँदैन । आँखा मिच्दा आँखामा धुलोको कण रगडिने हुँदा रातो हुन्छ । रातो भाग बढ्दै जाँदा यसले दृष्टिविहीन बनाउन सक्छ । आँखा छिटो–छिटो बन्द गर्दै, खोल्दै गर्नुपर्छ । लगातार आँखा हेरिरह्यो भने आँखामा धेरै धुलो पर्छ । आँखा छिटो–छिटो बन्द गर्दै खोल्दै गर्दा आँखामा धुलो कम पस्छ । आँखालाई आँखाबाट लाग्ने रोगबाट जोगाउन सकिन्छ ।

Share: