
काठमान्डौ/हप्ताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो ।