आज नेदरल्यान्ड्स र स्कटल्यान्ड भिड्दै

155
0
Share:

काठमान्डौ/जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आज सुपर सिक्सको आठौं खेल हुदैछ । सुपर सिक्सको आठौं खेलमा आज नेदरल्यान्ड्स र स्कटल्यान्ड भिड्दै छन् ।

 

बुलवायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा सुरु हुनेछ । नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको आजको खेलबाट विश्वकपमा छनोट हुने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

 

श्रीलंकाले यस अघि नै विश्वकपमा स्थान बनाई सकेको छ । विश्वकपमा स्थान बनाउन स्कटल्यान्डलाई जित पर्याप्त हुनेछ । तर, नेदरल्यान्ड्सले भने फराकिलो जित हात पार्नु पर्ने हुन्छ।

 

दुवै टोली एकअर्कालाई पराजित गरी विश्वकपमा स्थान बनाउने सोचमा रहेका कारण यो खेल रोमाञ्चक हुने अनुमान रहेको छ ।

Share: