
काठमान्डौ /साताको अन्तिम दिन आज नेपाली बजारमा सुनचाादीको मूल्य सामान्य घटेको छ । हिजो प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ नै घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो ।