Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘नाङ्गो गाउँ’ मा राजनीति – Lekhanpeeth

‘नाङ्गो गाउँ’ मा राजनीति

260
0
Share:

काठमान्डौ/चलचित्र ‘गोपी’मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता बनेका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ सार्वजनिक गरिएको छ । सार्वजनिक दृश्यमार्फत कलाकारको आवरण र कथासार देखाउने प्रयास गरिएको निर्देशक लामाले जानकारी दिए ।

 

‘सामाजिक विषयवस्तुमा बनेको चलचित्रको सार्वजनिक दृश्यले राजनीतिलाई पृष्ठभूमि बनाएको छ । चलचित्र पूर्ण मनोरञ्जनात्मक छ’, उनले भने । लामाकै लेखन रहेको चलचित्रमा ‘एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ’ भन्ने कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणि नेपाल, रवीन्द्र झा, वुद्धि तामाङ, विशाल पहारी, राज थापा, अङ्कित खड्का, निमा पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्।

 

जय श्रेष्ठले निर्माण गरेको चलचित्रमा हिमाल शर्मा प्रस्तुतकर्ता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता, आलोक शुक्ला छायांकार, बनिष शाह सम्पादक छन् ।

Share: