
काठमान्डौ/हप्ताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । हिजो सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो ।