
काठमान्डौ/नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् । उनी बिहीबार काठमाडौंको गोल्फुटारस्थित आफ्नै निवासबाट पक्राउ परेको प्रहरीले बताइएको छ ।
प्रहरीले डा. शर्मा पक्राउ पर्नुको कारण भने खुलाएको छैन । शर्मा गत निर्वाचनमा मोरङ ३ बाट निर्वाचित सांसद हुन् । केही समयअघि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामासमेत मागेका शर्माले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको आवश्यक रहेको बताउँदै आएका थिए ।