Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ट्वान्टी–२० विश्वकप छनोटका लागि नेपाली महिला टिमको घोषणा – Lekhanpeeth

ट्वान्टी–२० विश्वकप छनोटका लागि नेपाली महिला टिमको घोषणा

455
0
Share:

काठमान्डौ/आगामी वर्ष हुने महिला ट्वान्टी–२० विश्वकपम छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । यसअघि नेपाली टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा २४ खेलाडी थिए ।

 

विश्वकपको एसिया छनोट मलेसियामा हुने तालिका छ । आउँदो अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म हुने प्रतियोगितामा नेपालसहित ११ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकपको ग्लोबल छनोटमा छानिने छन् ।

 

नेपाली टिम

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, इश्वरी बिष्ट, काजोल श्रेष्ठ, रुवि पौडार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल ।

Tagssports
Share: