बालेनले हटाए स्टाटस्

136
0
Share:

काठमान्डौ/शनिबार राति धम्कीपूर्ण स्टाटस् राखेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त स्टाटस् हटाएका छन् । सिंहदरबारमा आगो लगाइदिने चेतावनीसहितको स्टाटस् उनले अहिले हटाएका हुन् ।

 

उनले फेसबुकमा लेखेका थिए, ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ उक्त स्टाटसको जनस्तरबाटै चर्को आलोचना भएको थियो । यद्यपि उनले स्टाटस् हटाएका हुन वा आफूले मात्र हेर्न मिल्ने बनाएका हुन् त्यो भनेको खुलेको छैन ।

 

बालेन आक्रोशित हुनुको कारण उनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्ने अनुमान गरिएको थियो । यसबारे उनको सचिवालयले सबिना काफ्लेमाथि असभ्य व्यवहार गरिएको भन्ने आशयको स्पष्टीकरण सार्वजनिक गरेको छ ।

Share: