इन्धनमा लगाएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई दिने निर्णय

257
0
Share:

काठमान्डौ/सरकारले इन्धनमा लगाइँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर आयोजनालाई उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको हो ।

 

सरकारकी प्रवक्ता रेखा शर्माले ‘इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय भएको बताइन्।

 

सरकारले इन्धनमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लिने गरेको छ।

Share: