Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लगातार घटेको सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

लगातार घटेको सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

401
0
Share:

काठमान्डौ/हप्ताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन बिहिबार मात्रै तोलामा एक हजारले घटेको सुनको मुल्य शुक्रबार एक हजारले नै बढेर एक लाख १४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

 

त्यस्तै, बिहिबार मात्रै प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

Share: