Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लोक सेवा आयोगले खोल्यो २६२ शाखा अधिकृतको विज्ञापन – Lekhanpeeth

लोक सेवा आयोगले खोल्यो २६२ शाखा अधिकृतको विज्ञापन

422
0
Share:

काठमान्डौ/लोक सेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी९शाखा अधिकृत०को विज्ञापन खोलेको छ । आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।

 

आयागले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ६२ जनाका लागि विज्ञापन खोलिएको छ ।

 

दरखास्त दिने अन्तिम मिति पुस १७ गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

Share: