एनएसएलमा आज दुई खेल हुँदै

155
0
Share:

काठमान्डौ/नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेल पोखरा थन्डर्स र धनगढी एफसीबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

 

आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

 

झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ । चितवन प्लेअफ यात्राबाट यसअघि नै बाहिरिसकेको छ ।

Share: