Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति – Lekhanpeeth

सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

230
0
Share:

काठमान्डौ/विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई दोस्रोटपकट ७ दिन थुनामा राख्ने अनुमति दिएको छ।

 

एक साता अघि अदालतबाट लिइएको ७ दिन हिरासतमा राख्ने अनुमतिको म्याद आज सकिँदै थियो। त्यसकारण दोस्रो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत पुगी म्याद थपेको हो।

 

अघिल्ला साता विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले अनुसन्धानका लागि थुनामा राख्ने अनुमति दिएका थिए। आफूहरूलाई पक्राउ गर्न नमिल्ने र म्याद थप समेत गर्नु कानुन विपरीत भएको दाबी गरेपछि सुनुवाइ गरी अनुमति दिइएको थियो।

Share: