Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

226
0
Share:

काठमान्डौ/शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । बिहीबार २०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ६०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४६ दशमलव ३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७७ डलरमा कारोबार भइरहेको छ ।

Share: