Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन – Lekhanpeeth

धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन

Share:

काठमान्डौ/कैलालीको धनगढी उपमहानगरपालिकाले रु २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ ।

 

उपमहानगरपालिकाले चालु आव २०८०÷८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो । सम्पत्ति करबाट रु दुई करोड ९१ लाख ५० हजार, भूमि कर रु ८२ लाख ८५ हजार, बहाल कर रु पाँच करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर रु ११ लाख ८७ हजार, सवारीसाधन कर रु चार लाख ३२ हजार र अन्य करबाट रु चार लाख ७८ हजार राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु ६८ लाख पाँच हजार, अन्य सेवा शुल्कबाट रु २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी रु १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट रु ५२ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट रु दुई करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ३२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।

 

त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर रु १० लाख सात हजार, नाता प्रमाणित दस्तुर रु तीन लाख ६१ हजार, अन्य दस्तुरबाट सात लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु ४४ लाख ११ हजार, व्यवसायबाट रु तीन करोड १७ लाख २६ हजार, अन्य राजस्व रु चार करोड ९९ लाख ५२ हजार, बेरुजुबापत रु पाँच लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय रु ३२ हजार र विज्ञापन करबाट रु पाँच हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

 

करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ । उहाँले भन्नुभयो, “प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत रहन्छ ।” गत आव २०७९÷८० मा उपमहानगरपालिकाले कूल रु २७ करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।

Share: