Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ग्लोबल आइएमई बैंकले ल्यायो ‘डिजिटल युनिभर्स’ सञ्चालनमा – Lekhanpeeth

ग्लोबल आइएमई बैंकले ल्यायो ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

172
0
Share:

काठमान्डौ/ग्लोबल आइएमई बैंक लिमिटेडले ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । बैंकले अधिकांश बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइनमा उपलब्ध गराउने गरी यो सेवाको सुरूआत गरेको हो ।

 

सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरूलाई बैंकको वेबसाइटमार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

 

क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन दिन सकिने पनि बैंकले जनाएको छ ।

 

त्यस्तै, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणका लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो सेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरू बैंकको वेबसाइटबाटै अनलाइन प्रदान गर्नेछ ।

 

ग्राहकहरूले यस बैंकको वेबसाइटमा रहेकाको ‘डिजिटल युनिभर्स’मा गई सिधै क्लिक गरी उल्लेखित सेवाहरू आफ्नो अनुकुलमा प्रयोग गर्न सक्नेछन् ।

 

बैंकले केही दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको हो । जसमा चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिनजस्ता अत्याधुनिक मेसिनहरू रहेका छन् ।

 

ग्लोबल आइएमई बैंकका मुलुकभर ७७ जिल्लामै शाखा सञ्जालन छन् । बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत रहेका छन् ।

Share: