
काठमान्डौ/बुधबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार ७०० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ रहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३१७ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ९१ पैसामा कारोबार भइरहेको छ ।