परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेटवार्ता

100
0
Share:

काठमान्डौ/गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणासँग भेटघाट गरेको छ ।

 

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो । विहीबार काठमाडौंमा भएको भेटमा संघका अध्यक्ष डा बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयीक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए ।

 

मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने वचनवद्धता व्यक्त गरेकी थिइन् ।

 

भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Share: