Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोशी सरकारबाट बाहिरिँदै माओवादी – Lekhanpeeth

कोशी सरकारबाट बाहिरिँदै माओवादी

193
0
Share:

काठमान्डौ/नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिँदै छ। आजै सरकारबाट बाहिरिने माओवादीको तयारी छ।

 

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि माओवादीले भने नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार छाडेको थिएन। सरकार नछाडेको भनेर माओवादीको तीव्र आलोचना भइरहेको थियो। नेपाली कांग्रेस र एमालेलगायतका दल सम्मिलित गठबन्धन बनेपछि केन्द्रमा माओवादी प्रतिपक्षमा पुगेको छ।

 

माओवादीका मन्त्रीहरु राजीनामा दिनलाई मुख्यमन्त्रीको समय पर्खिएर बसेका छन्। मुख्यमन्त्रीबाट समय पाउनेबित्तिकै राजीनामा दिएर सरकार छाड्ने माओवादीको तयारी छ।

Share: