नयाँ बसपार्कमा पार्किङमा रहेको बसभित्र एक युवक मृत भेटिए

187
0
Share:

काठमान्डौ/काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरिराखिएको बसभित्र एक जना युवक मृत भेटिएका छन् ।

 

नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै पार्किङ गरिराखिएको बा २ ख २३४४ नम्बरको बसभित्र सुनसरीको इटहरी उपमहानगरपालिका- १३ का ३७ वर्षीय प्रल्लाद अधिकारी मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले अधिकारीको शव भेटिएको बस दुई महिनादेखि पार्किङ गरिराखिएको पाइएको बताए ।

 

उनका अनुसार अधिकारी बसपार्कभित्र यातायात क्षेत्रमै काम गर्दै आइरहेका थिए । उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Tagsdeath
Share: