Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट मल्लको शव परिवारलाई बुझाइयो – Lekhanpeeth

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट मल्लको शव परिवारलाई बुझाइयो

205
0
Share:

काठमान्डौ/नुवाकोटको शिवपुरीमा अस्ति बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट (क्याप्टेन) अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो ।

 

यस्तै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ नागरिकको पहिचानका लागि आधार सङ्कलन गर्ने काम हुँदैछ । चिनियाँ नागरिक जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव पहिचानका लागि आवश्यक प्रक्रिया चलिरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले जानकारी दिए । शवको पोस्टमार्टम भने सकिएको छ ।

Share: